काठमाडौँ । साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एकै दिन ३ हजार ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले महँगो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रवार सुन तोलामा १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।































