काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। सोमबार एकैदिन सुनको मूल्य तोलामा ४,१०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको प्रतितोला मूल्य दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। साथै, चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा बढेको छ।
प्रतितोला चाँदीको मूल्य २०५ रुपैयाँले वृद्धि हुँदै पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन इतिहासमै सबैभन्दा उच्च दर हो।
सुन र चाँदीको मूल्य वृद्धिमा सुनको माग, विदेशी मुद्रा दरको उतारचढाव र स्थानीय बजारमा लगानी प्रवृत्तिहरू प्रमुख कारण रहेकने विशेषज्ञहरूको भनाई छ ।






































