काठमाडौं । सरकारले ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा २ निर्माण कम्पनीलाई १ वर्ष, २ निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।
कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

































