National life

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल ,जगेडा कोषमा २३ करोड ५५ लाख सञ्चित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० साउन २०८०, शनिबार
397Shares
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उछाल ,जगेडा कोषमा २३ करोड ५५ लाख सञ्चित
ncell

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९८.०९ प्रतिशत बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप ५९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी २१.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९६.६६ प्रतिशत घटेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४३.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०४.२३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ ८ पैसा रहेको छ। बैंकको जगेडा कोषमा २३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ।

 

यो समाचार शेयर गर्नुहोस्
397SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?