National life

कर्मचारीहरूको चेतावनी: बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने छौं

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
402Shares
कर्मचारीहरूको चेतावनी: बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने छौं
ncell

काठमाडौँ । निजामती कर्मचारीहरूको संयुक्त ट्रेड युनियनले कर्मचारीका न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन नल्याउन चेतावनी दिएको छ । यदि यस्तो कार्य गरिए आफूहरू सशक्त आन्दोलनमा उत्रिने भन्दै संगठनले चेतावनी दिएको हो ।

विभिन्न चरणका आन्दोलनको कार्यक्रम सार्वजनिक गरको संयुक्त ट्रेड युनियनले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई आफूहरूले उठाएका माग समावेश गरेर मात्रै संघीय निजामती सेवा ऐन जारी गर्न ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारीका न्यूनतम आधारभूत मागहरूलाई बेवास्ता गरेर ऐन आए वा विभिन्न बहानामा ऐन रोकिए सहन नसकिने उल्लेख गरे ।

Royal Enfield
nic asia capital
ऐन जारी नगर्दासम्म आन्दोलन निरन्तर चलिरहने चेतावनी उनले दिए ।

उनले आफूहरू विगत १० वर्षदेखि आन्दोलनमा रहेको बताउँदै अब आन्दोलनको स्वरूप परिवर्तन गर्दै ऐन जारी गरेरै मात्रै आन्दोलनबाट विश्राम लिने बताए ।

सङ्गठनका अध्यक्ष भट्टले वैशाख ११ गतेभित्र आफूहरूले उठाएका मागसहित विधेयकलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पेस गर्नुपर्ने र आगामी संसद्को अधिवेशनबाट पास गर्नुपर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?