National life

काठमाडौँ मेडिकल कलेजको अर्को सफलता, दाजुले बैनीलाई दिए कलेजो उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
1.1kShares
काठमाडौँ मेडिकल कलेजको अर्को सफलता, दाजुले बैनीलाई दिए कलेजो उपहार
ncell

काठमाडौँ । मेडिकल कलेज (केएमसी), सिनामंगलमा दोस्रो पटक सफल कलेजो (लिभर) प्रत्यारोपण सफल भएको छ ।  नेपाली चिकित्सा क्षेत्रको लागि ऐतिहासिक सफलता भएको चिकित्सकहरूको भनाई छ । देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको उनीहरूको भनाई छ ।

केही महिना अगाडि डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीको सफल प्रत्यारोपण गरेको केएमसीले दोस्रो पटक मोरङ जिल्ला बुढीगंगा गा.पा.निवासी रक्षा बिस्टको सफल कलेजो प्रत्यारोपण गरेको हो।

Royal Enfield
nic asia capital

जटिल र जोखिमपूर्ण मानिने कलेजो प्रत्यारोपण प्रक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनु देशको स्वास्थ्य प्रणालीको गुणस्तर र प्रविधिमा भएको प्रगतिको प्रमाण भएको चिकित्सकहरूको भनाई छ ।

रक्षा बिस्टलाई उनका दाजु विपिन विक्रम बिस्टले रक्षा बन्धनको उपहार स्वरूप भन्दै कलेजो दिएका हुन् । पत्रकार सम्मेलनमा भावुक बनेका रक्षा बिस्टका दाजु विपिन बिस्टले आफू कलेजो दिन पाएकोमा खुशी भएको बताउँदै अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली समाजमा पुरुषलाई महिलाले नै धेरैजसो अगं दिने प्रचलन कायम रहे पनि विपिनले उक्त प्रचलनको क्रमभङ्ग गर्ने काम गरेको उपचारमा संलग्न डाक्टरहरूको भनाई छ ।

कम खर्चमा अब नेपालमा पनि कलेजो प्रत्यारोपण गर्न सकिन्छ है भन्ने राम्रो सन्देश प्रवाह भएको कलेजो प्रत्यारोपण सर्जन डाक्टर रोशन घिमिरेले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?