काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सुनको मूल्य यही कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन।
बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज पनि सोही दरमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यससँगै लगातार आज पनि सुन र चाँदी दुवैको मूल्यमा उतारचढाव देखिएको छैन।

































