National life

काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
402Shares
काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसरमा निर्माण भएका भवनहरु हटाउने भएको छ । महानगरपालिकाले सोमबार एक सूचना प्रकाशन गरी ललिता निवासले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने, उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का समेत गरिएको बताएको छ ।

महानगरपालिकाको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न अब स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्नु पर्नेछ ।’

Royal Enfield
nic asia capital

यदि सूचनाको उल्लङ्घन गरी कसैले सो क्षेत्र भित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असुल उपर गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?