National life

कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
578Shares
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार शेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ ।

विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभावाट अग्राधिकार शेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार शेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताए ।

नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था वमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत आषाढ १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएसँगै बैंकले गत आषाढ १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार शेयर जारी गरे पश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर वढ्न जानेछ । हालको वजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभासं प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्ययम हुने बैंकले जनाएको छ ।

अव, नेपाल धितोपत्र वोर्डको स्वीकृती पश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर विक्रीको लागि आव्हान हुने र सम्वन्धीत नियामकिय निकायको स्वीकृती पश्चात स्टक एक्सचेञ्जमा सुचिकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले वताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?