National life

कामना सेवा विकास बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
455Shares
कामना सेवा विकास बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको कर्जाको लागि १२.१२ प्रतिशत नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा १२.१२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो ।

Royal Enfield
nic asia capital

बैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मूल्याङ्कित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ । त्यस्तै, सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने बैंकले जनाएको छ ।

त्यस्तै, विद्युतिय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पूर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

कम व्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले हाल १३५ वटा सञ्जालहरु मार्फत ग्राहकलाई यो सेवा प्रदान गर्ने छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?