National life

कुथेली बुखरीको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
615Shares
कुथेली बुखरीको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
ncell

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीकाे आइपीओ आज आइतबार बाँडफाँड सम्पन्न भएकाे हाे ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको क्यापिटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल आवेदन मध्ये १० लाख ४७ हजार ३ सय ५ जनाको योग्य आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हाे । जसअनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?