काठमाडौँ । कुमारी बैंकले आफ्नो संस्थापक सेयर धनीहरूको नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयर धनीले आवेदन दिन सक्ने छन्। सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशन भएको मिति अर्थात् आज (फागुन २४ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा सेयर खरिद गर्ने ब्यहोरा स्पष्ट खुलाइ आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
उक्त समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने समेत बैंकले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।






























