National life

कुमारी बैंकको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
513Shares
कुमारी बैंकको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

Royal Enfield
nic asia capital
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?