काठमाडौं । बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा रहेको ‛कुमारी गज्जब बचत खाताु योजना सार्वजनिक गरेको छ । कुमारी बैलेले ल्याएको न्युनतम मौज्दात १ हजार रहेको उक्त खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१% प्रदान गर्नुका साथै रु. २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा दिने भएको हो ।
बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।
बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ । दीगो आर्थिक विकासकालागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जिवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको कुमारी गज्जब बचत खाता नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सेवाहरु प्रवाह गर्दै आएको छ ।






























