काठमाडौं । यसपालिको चैत मसान्तसम्म लक्ष्मी सनराइज बैंकले खुद नाफा २७.७० प्रतिशतले बढाउँन सफल भएको छ। उक्त वृद्धिलाई सन्तोषजनक मान्न सकिन्छ ।
आज बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा चालु आर्थिक वर्षको चैत महिनासम्ममा एक अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ भने अलिल्लो साल बैंकले एक अर्ब २६ करोड ५३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
हाल बैंकको खुद ब्याजमा वृद्धि भएको छ भने सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशतले वृद्धि हुँदा निष्क्रिय कर्जा भने १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशतमा कायम हुन सफल भएको छ । अहिले लक्ष्मी सनराइज बैंकको प्रतिशेयर आम्दानी ईपीएस ९ रुपैयाँ २९ पैसा रहेको छ ।



































