National life

गाउँपालिकाको चेतावनी : वैशाख १४ सम्म विद्यालय नआउने शिक्षकले राजीनामा दिनू

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
521Shares
गाउँपालिकाको चेतावनी : वैशाख १४ सम्म विद्यालय नआउने शिक्षकले राजीनामा दिनू
ncell

काठमाडौँ । शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनमा छन् । पठनपाठन ठप्पपारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ।

गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।

उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

Royal Enfield
nic asia capital

शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन्। आज मात्रै नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि बोलाएका थिए। तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि आजको वार्ता भाँडिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?