National life

चन्द्रागिरी हिल्सको नाफामा आकर्षक वृद्धि,यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० वैशाख २०८१, आइतबार
699Shares
चन्द्रागिरी हिल्सको नाफामा आकर्षक वृद्धि,यस्ता छन् अन्य सूचक
ncell

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चन्द्रागिरी हिल्सको नाफा ३८.८१ प्रतिशतले बढ्न पुगेको छ । उक्त वृद्धि पछि नाफा १० करोड ७९ लाख १० हजार रुपैयाँ पुगेको हो।

गत आवको सोही अवधिमा ७ करोड ७७ लाख ३५ हजार रुपैयाँ नाफा रहेको थियो भने कम्पनीको सञ्चालन आम्दानी गत आवको सोही अवधिमा ६२ करोड ९० लाख २२ हजार रुपैयाँ रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल वृद्धि भएर ६९ करोड ७३ लाख ७२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी ४४ लाख ९ हजार रुपैयाँबाट बढेर ८६ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय खर्च १८ करोड २९ लाख ६२ हजार रुपैयाँ रहेको छ भने गत आवको सोही अवधिमा २० करोड ६६ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । यता, जगेडा कोष १२ करोड २२ लाख ४१ हजार रुपैयाँ ऋणात्मक छ । चन्द्रागिरी हिल्सको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३ पैसा रहेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ९२ रुपैयाँ ०३ पैसा रहेको अवस्था छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?