National life

चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न पेट्रोलियम पदार्थको मूल्य यथावत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.3kShares
चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न पेट्रोलियम पदार्थको मूल्य यथावत
ncell

काठमाडौँ । यसपटक पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो ।

आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

Royal Enfield
nic asia capital
उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ ।

चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?