काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । चीनको प्रतिनिधिमण्डलले दुई हप्ता अस्पतालमै बसेर त्यसको सम्भाव्यता अध्ययन गरेको थियो । अब निजामती अस्पताललाई ‘स्टेट अफ द आर्ट बिल्डिङ’ का रूपमा विस्तार गर्न लागिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.
नयाँ भवन निर्माणपछि अस्पताल ५०० शय्याको अत्याधुनिक संरचना हुनेछ। यसमा एमआरआई, नयाँ सिटीस्क्यान र उच्च प्रविधि जडान गरिनेछ। हाल अस्पतालमा ४०० जना बहिरङ्ग सेवा क्षमता भए पनि दैनिक एक हजारभन्दा बढी बिरामी आउँछन्।
डा. रेग्मीले बताएअनुसार यस वर्ष मुटुको उपचारका लागि ‘क्याथल्याब’ स्थापना गरिने छ र आगामी वैशाखदेखि सञ्चालनमा आउनेछ। साथै, क्यान्सर उपचारका लागि ‘ब्राकीथेरापी’ सेवा सुरु गर्ने तयारी भइरहेको छ।
अस्पताल पूर्ण डिजिटाइजेसनको दिशामा अघि बढिरहेको छ। बिरामीले आफ्नो मोबाइलमार्फत रिपोर्ट पाउनेछन् र चिकित्सकले कम्प्युटरमा प्रत्यक्ष रिपोर्ट हेर्ने व्यवस्था हुनेछ।
यसैगरी, महिलाको आङ खस्ने र पिसाब चुहिने समस्याको उपचारका लागि अस्पताललाई राष्ट्रिय केन्द्र ९रेफरल अस्पताल०का रूपमा विकास गर्ने तयारी गरिएको छ। सरकारी अस्पतालमध्ये निजामती कर्मचारी अस्पतालले अनुवांशिक सङ्क्रमक रोगको अध्ययन गर्ने विशेष सुविधा पनि दिनेछ।
अस्पतालले चिकित्सा शिक्षाका कक्षा समेत सञ्चालन गर्दै आएको छ । अस्पतालबाट दैनिक करिब एक हजार बिरामीले सेवा लिँदै आएका छन् ।
































