काठमाडौं। जीवन बीमा कम्पनीहरुले गत वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २२।३२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यिनीहरुले ४ अर्ब १४ करोड नाफा आर्जन गरेका थिए ।
लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको जनाइको छ । यिनीहरुको लगानीबाट हुने आम्दानी २२।८८ प्रतिशत बढेर ४३ अर्ब ९ करोड पुगेको छ । खुद बीमा शुल्क संकलन १४।७५ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब पुगेको छ । ५८ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको बीमा कम्पनीहरुको रिटेन्ड अर्निङमा ११ अर्ब ८० करोड छ ।
यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा सबै भन्दा धेरै रहेको छ। हिमालयन लाइफको ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा रहेको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा २१ प्रतिशरले धेरै हो । अघिल्लो वर्ष यसले ५२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । समग्रमा बीमा कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशले बढेर ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।






































