National life

थ्रीस्टार हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, कसले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
710Shares
थ्रीस्टार हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, कसले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाँकी रहेको ७ करोड ३८ लाख ७५ हजार रूपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्येको १० प्रतिशत ७३ हजार ८७५ कित्ता श्रम स्वीकृती प्राप्त गरि विदेशी रोजगारीमा गएका नेपालीलाई, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर बाँडफाँड पश्चात बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आइपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन गर्न सकिनेछ ।

आइपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?