National life

दराजद्वारा ७.७ “ह्वाट द फ्ल्याश” सेलको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
467Shares
दराजद्वारा ७.७ “ह्वाट द फ्ल्याश” सेलको घोषणा
ncell

काठमाडौँ । अनलाइन किनमेल सेवा प्रदायक दराज नेपालले ७.७ “ह्वाट द फ्ल्याश” नामक वार्षिक सेलको घोषणा गरेको छ। यो अफर असार २३ देखि असार २७ गतेसम्म (जुलाई ७ देखि ११ सम्म) सञ्चालन हुनेछ । कम्पनीका अनुसार, यस अभियानमा ७० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी सुविधा र करिब ६० लाख रुपैयाँ बराबरका भाउचरहरू समावेश छन्।

Royal Enfield
nic asia capital

सेल अवधिभर विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनहरू उपलब्ध हुने बताइएको छ। जारा, एच एण्ड एम, एच आर एक्स र युएस पोलो जस्ता सात ब्रान्डहरूले आफ्ना ७.७ उत्पादनहरू रु. ७७७ मा उपलब्ध गराउनेछन्। त्यसैगरी, मामाअर्थ, भ्यान्स, कनभर्स, नाइकी लगायत सयभन्दा बढी एफएमसिजी तथा फेसन ब्रान्डहरूले ५० प्रतिशतसम्मको सीधा छुट दिनेछन् ।

योजना अन्तर्गत “फास्टेस्ट फिंगर फ्ल्याश सेल” को माध्यमबाट सीमित उत्पादनहरू रु. ७, रु. ७७, रु. ७७७ र रु. ७,७७७ मा उपलब्ध गराइने पनि जानकारी दिइएको छ।

दराज नेपालले यस अभियानमार्फत स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायतका विभिन्न श्रेणीमा छुट तथा सुविधाहरू उपलब्ध गराउने जनाएको छ।

कम्पनीले उपभोक्तालाई मूल्य सुनिश्चितता दिने उद्देश्यले “बेस्ट प्राइस ग्यारेन्टिड (बीपीजी)” योजना पनि अगाडि सारेको छ। यस योजनाको अवधिमा उपभोक्ताले सोही उत्पादन नेपालमै रहेको कुनै अन्य अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पार्छन् भने दराजले मूल्यको अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ। यद्यपि त्यसका लागि शर्तहरू लागू हुने दराजले जनाएको छ ।

रु. ४९९ वा सोभन्दा बढी रकममा खरिद गरेपछि छानिएका वस्तुहरूमा निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्न सकिनेछ। यसका लागि दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी भाउचर संकलन गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?