National life

देउवाको जवाफ सुनेर सरकार ढल्छ भन्नेहरू थचक्कै भए : प्रधानमन्त्री ओली 

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|१३ वैशाख २०८२, शनिबार
428Shares
देउवाको जवाफ सुनेर सरकार ढल्छ भन्नेहरू थचक्कै भए : प्रधानमन्त्री ओली 
ncell

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गरेका छन् ।

‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर विचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेरपछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ संसदीय दलको बैठकमा ओलीले भने ।

Royal Enfield
nic asia capital

उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे ।

‘हिजोसम्म आगै बाल्न खोजेका थिए । शेरबहादुर देउवाजी फर्केर आउँदा एयरपोर्टबाटै सरकार ढल्छ कि जस्तो पारेका थिए,’ ओलीले सांसदहरूलाई ब्रिफिङ गर्दै भने, 'सरकार ढल्छ कि ढल्दैन भन्ने कुरामा नलाग्नुस्, त्यसको जिम्मा हामीलाई छाडिदिनुस्, आफ्नो काममा लाग्नुस् भनेको त प्रधानमन्त्रीले आश मारिसकेछन् भनेर अर्को भाषा प्रयोग गरियो । नेपाली भाषा बुझ्दैनन् कि के भएको हो त्यो बुझ्दिनँ ।’

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?