काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवर्द्धनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यवस्थापन गरेको नबिल म्युचुअल फण्ड अन्तर्गतको एनआई३१ नामक खुलामुखी योजना अन्तर्गत इकाई बाँडफाँट सम्पन्न गरिएको छ।
यस योजनाअन्तर्गत रु. १० अंकित मूल्यमा २ करोड ५० लाख इकाई निष्काशन गर्ने निर्णय भए पनि पहिलो चरणमा १ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गरिएको थियो। जस मध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकका लागि सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो।
सार्वजनिक निष्काशन मिति २०८२ साउन ३० गतेदेखि भदौ ३ गतेसम्म जारी भएको थियो । प्राप्त आवेदकहरुको छानबिनपछि बाँडफाँट तालिका नेपाल धितोपत्र बोर्डमा पेस गरिएको र बोर्डबाट कुनै अन्य निर्देशन नआएपछि भदौ १६ गते बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नक्सालस्थित कार्यालयमा इकाई बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको हो।
कम्पनीका अनुसार बाँडफाँट नतिजा हेर्न www.nabilinvest.com.np मा उपलब्ध हुनेछ।
































