काठमाडौँ । लगातार बढ्दै आएको सुनको मूल्य आज भने केही घटेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुन १,४०० रुपैयाँले बढेको थियो। त्यतिबेला सुनको कारोबार मूल्य प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ थियो भने आज मूल्य घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको छ।
यहीँबेला चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला ३,५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३,४४५ रुपैयाँ कायम भएको छ।






































