काठमाडौँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २०अर्ब बढीको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ६ महिनाको अवधिमा २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको व्यवसाय रहेको छ । कम्पनीले ६ महिनामा दुई अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस अवधिमा दुई अर्ब ५५ करोड रुपैयाँको व्यवसाय गर्दै दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई अर्ब १३ करोड रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब ७३ रुपैयाँको व्यवसाय गरेका छन् ।
यसैगरी चालु आर्थिक वर्षको पुससम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।



































