National life

निर्माण व्यवसायीले गरे सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास घेराउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ साउन २०८०, सोमबार
485Shares
निर्माण व्यवसायीले गरे सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास घेराउ
ncell

काठमाडौँ । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन्। आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन्।

निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरे । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्माण व्यवसायीले आइतवार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए ।

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि ‘सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइलस्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद’ लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?