National life

नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी नेबिकोले आईपीओ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
564Shares
नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी नेबिकोले आईपीओ निष्काशन गर्ने
ncell

काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच शेयर निष्काशन सम्बन्धी सम्झौता २०८२ श्रावन ८ गतेका दिन सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा भएको हो ।

Royal Enfield
nic asia capital
नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

https://www.youtube.com/watch?v=qRNPKQEtIGo

नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ । यसको व्यापार बिभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन ।

आगामी आर्थिक बर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको छ ।

https://www.youtube.com/watch?v=t3nGu3Hz9ds

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?