काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ। गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।
यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। आर्थिक वर्ष २०८०/८१ मा यही अवधिमा १८ लाख ३९ हजार ३५ पिस स्मार्टफोन आयात भएका थिए।
नेपालले आयात गर्ने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट आउने गरेको छ। सार्वजनिक तथ्यांक अनुसार, कुल आयातमध्ये १७ लाखभन्दा बढी स्मार्टफोन चीनबाट ल्याइएको हो। स्मार्टफोन भारत, जापान, क्यानडा, मलेसिया, बहराइन, अस्ट्रेलिया, लगायतका देशबाट नेपाल आउने गर्दछ ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको थियो। ११ महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१८२ को जेठ महिनासम्म नेपालमा ३२ अर्ब आठ करोड ७८ लाख एक हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।































