National life

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
540Shares
नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन
ncell

काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा व्यवसायी राजेशकुमार अग्रवाल चयन भएका छन् । काठमाडौमा सम्पन्न परिसंघको २०औँ वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुरुप स्वतः अध्यक्ष बनेका हुन् ।

अग्रवाल यसअघि परिसंघको परिषद सदस्य उद्योग समिति र राजस्व समिति सभापति भइसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आरएमसी ग्रुपका कार्यकारी निर्देशक अग्रवाल सिमेन्ट, स्टिल र खाद्यलगायतका क्षेत्रमा आवद्ध छन् ।

परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन् ।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका हुन् ।

त्यस्तै परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशीष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा र वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् ।

त्यस्तै लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुल कुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई पनि राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?