काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
यस अवधिमा खुद नाफा ३०.८१ प्रतिशतले बढेर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १२।६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ। कम्पनीको बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।


































