National life
cg eloctronics

 नेशनल लाइफको ३७औँ वार्षिकोत्सव सम्पन्न, एक खर्बमाथि बीमाशुल्क संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
634Shares
 नेशनल लाइफको ३७औँ वार्षिकोत्सव सम्पन्न, एक खर्बमाथि बीमाशुल्क संकलन
muktinatha bikash bank

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले विशेष कार्यक्रम सहित आफ्नो ३७औँ वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको र जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिएको छ । देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना गरिनुको साथै अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहिन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले स्थापनाकाल देखि २०८० साल पुस मसान्तसम्म कूल बीमाशुल्क आम्दानी १ खर्ब २ अरब ३० करोड आर्जन गरेको छ। त्यस्तै यस अवधिसम्म कम्पनीले कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ । कूल ३७ अरब ४९ करोड बराबर बीमा दाबी भुक्तानी गरेको छ।

everest bank

कम्पनीको जीवन बीमा कोषमा ७१ अरबको हाराहरिमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८-७९ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। आव २०७८-७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात् बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

वार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिएको थियो । जीवन बीमा क्षेत्रमा विश्वास र ख्याति कमाएको कम्पनीले १ लाख भन्दा बढी एजेन्टहरू, ११७ शाखा कार्यालयहरू र ५०० कर्मचारीहरू मार्फत सेवाहरू दिँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?