National life

नेशनल लाइफद्धारा बीमा क्षेत्रकै उच्च बोनस दर घोषणा, यस्तो छ बोनस दर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
512Shares
नेशनल लाइफद्धारा बीमा क्षेत्रकै उच्च बोनस दर घोषणा, यस्तो छ बोनस दर
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका लागि हालसम्मकै सर्वाधिक बोनस दर घोषणा गरेको अवस्था छ। उक्त बोनस नेशनल लाइफको मात्रै नभइ जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक रहेको कम्पनीले जनाएको हो।

नेशनल लाइफले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७८ ।७९ कै बोनसदरलाई निरन्तरता दिन सफल भएको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आर्थिक वर्ष २०७९।२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको छ भने न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

यस्तो छ बोनस दरको अवस्था

सर्वाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको हो।

त्यस्तै,सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६४ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ७० हजार ७ सय ७६ वटा बिक्री गरेको छ । सो अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने प्रावधान रहदै आएको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ५०६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । कम्पनीले विभिन्न उमेर समुहको बीमा पोलिसी हेर्दा धेरै आकर्षण १५ देखि २० वर्ष देखिएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?