काठमाडौँ। पाँचतारे होटल, दुसित प्रिन्सेसले गत आवको ११ महिनामा ४० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । काठमाडौँको लाजिम्पाटमा रहेको उक्त होटलले सन् २०२४ मा ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
होटल ल्हासा इन्टरनेशनल प्रालिद्वारा सञ्चालित यस होटल सन् २०१३ मा स्थापना भएको थियो। तर, होटल भने सन् २०२३ को जुलाईबाट सञ्चालनमा आएको थियो ।
दोर्जे ग्याल्जेन लामाको ४९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९ करोड १२ लाख रुपैयाँको रेटिङ गराएको छ ।
होटल २ हजार ५ सय ५३ स्क्वारमिटरमा फैलिएको छ । उक्त होटलमा १ सय ७ वटा कोठाको सुविधा छ ।होटलले सन् २०२४ मा औसत ३९ प्रतिशत अकुपेन्सी ओगटेको उल्लेख गरेको छ । सन् २०२५ मा उक्त अकुपेन्सी क्षमता ५३ प्रतिशत कायम भएको होटेलले जनाएको छ ।































