National life

पूर्वाधार वित्तीय चाप सम्बोधन गर्न वैकल्पिक विकास वित्त विधेयक : अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ भदौ २०८२, सोमबार
500Shares
पूर्वाधार वित्तीय चाप सम्बोधन गर्न वैकल्पिक विकास वित्त विधेयक : अर्थमन्त्री पौडेल
ncell

काठमाडौैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा देखिएको वित्तीय चाप समाधानका लागि सरकारले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याएको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त उक्त विधेयकमाथि छलफल भइरहेका बेला सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमात्रै भरपर्न सकिने अवस्था नरहेको र वैकल्पिक स्रोत आवश्यक रहेको बताए ।

प्रतिनिधिसभाबाट छोटो समयमा विधेयक पारित भएको स्मरण गराउँदै उनले राष्ट्रियसभाले पनि विषयगत समितिमा नपठाई सभाबाटै पारित गरिदिन आग्रह गरे ।

Royal Enfield
nic asia capital

सो छलफलमा विभिन्न सांसदहरूले भाग लिएका थिए भने बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले आवश्यक परेमा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराए । बैठकमा अन्य विधेयकसम्बन्धी सन्देश टेबुल गरिनुका साथै संसदीय सुनुवाई समितिमा अञ्जान शाक्यलाई मनोनयन गरिएको जानकारी दिइयो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते अपराह्न १ः१५ बजे बस्नेछ ।












यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?