National life

प्रतितोला ५२ सयले बढेको सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा : कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1KShares
प्रतितोला ५२ सयले बढेको सुनको मूल्य आजसम्मकै उच्च बिन्दुमा : कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको भाउ निरन्तर उकालो लाग्दै आज पनि नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढ्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको हो।

आज सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ३ हजार ८ सय रुपैयाँमा पुगेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगातार दुई दिनमै सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, अमेरिकी डलरको उतारचढाव तथा सुरक्षित लगानीको आकर्षण बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। सुनसँगै चाँदीको भाउ पनि आज नयाँ रेकर्डमा पुगेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २८५ रुपैयाँले बढ्दै ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च स्तर हो।

सुन र चाँदीको मूल्यमा भएको तीव्र वृद्धिले गहना व्यवसाय प्रभावित भएको व्यवसायीहरू बताउँछन्। बढ्दो मूल्यका कारण ग्राहकको माग घट्ने र कारोबार सुस्ताउने अवस्था देखिएको छ। यद्यपि लगानीका रूपमा सुनप्रतिको आकर्षण भने बढ्दै गएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?