National life

प्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल भएको कोइरालाको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० वैशाख २०८२, शनिबार
455Shares
प्रधानमन्त्री ओली नेतृत्वको सरकार असफल भएको कोइरालाको दाबी
ncell

काठमाडौं। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेससम्मिलित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दाबी गरेका छन् । सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको र भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले सरकार असफल भएको बताएका हुन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले आज (शनिबार) कावासोतीमा सम्बोधन गर्दै उनले यस्ते दाबी गरेका हुन् ।

Royal Enfield
nic asia capital

कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदै गर्दा गरिएको ७ बुँदे सहमतिपनि कार्यान्वयन नभएकोमा प्रश्न उठाए । उनले भने,‘दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, भ्रष्टाचारमुक्त लगायतका ७ बुँदे सहमति गरिएको थियो । त्यसमा सरकार पूरै असफल भएको छ ।’

उनले सरकारलाई सही दिशामा डोर्याउने जिम्मा प्रधानमन्त्री भएको नाताले एमालेले लिनुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्न ढिलाई भएको विषयलाई लिएर यस्तो पाराले सरकारले सुशासन दिन नसक्ने भन्दै प्रश्न उठाएका छन् । सो क्रममा उनले कांग्रेसको महाधिवेशन समयमै गर्नुपर्ने र सार्न नहुने मत राखे । पछिल्लो समय नेता कोइरालाले सरकारको आलोचना गरिरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?