National life

प्रसाईँलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
631Shares
प्रसाईँलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने
ncell

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

दुई फरक मुद्दा खेपिरहेका प्रसाईँलाई छाड्ने आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गर्दै सर्वोच्च अदालत जाने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।

Royal Enfield
nic asia capital

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो । प्रसाईँलाई बेलुका झण्डै ११ बजे राति छोडिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?