National life

प्राइम कमर्सियल बैंकको नाफामा सामान्य गिरावट, प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
426Shares
प्राइम कमर्सियल बैंकको नाफामा सामान्य गिरावट, प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफामा १७.०७ प्रतिशतले गिरावट आएको छ । आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १७.०७ प्रतिशतले घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ छ ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.९५ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । बैंकको रिजर्भको आकार ३३.२४ प्रतिशतले बढेर ८ अर्ब ८० करोड रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज ह्वात्त बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब २३ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ रहेकोे छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ९५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १३.७८ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ११.६६ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १४.९४ रुपैयाँ थियो। पीई रेसियो १६.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४५ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
426SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?