National life

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो, लाभांश बाँड्न सक्ने क्षमता कति ?

ब्याज आम्दानी बढेपछि प्राइम कमर्सियल बैंकको नाफामा सुधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1.1kShares
प्राइम कमर्सियल बैंकको नाफा बढ्यो, लाभांश बाँड्न सक्ने क्षमता कति ?
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानीमा भएको सुधारले नाफा वृद्धिमा योगदान गरेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत असार मसान्तसम्म बैंकले ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १६ रुपैयाँ ५० पैसा रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ ।

तर, बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५.८१ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर ६.६९ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?