National life

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन आजैसम्म, माग उच्च भएपछि छिट्टै बन्द हुने

मागभन्दा बढी आवेदन परेपछि छिट्टै निष्कासन बन्द गरिने तयारी गरिएको बैंकले जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.1kShares
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन आजैसम्म, माग उच्च भएपछि छिट्टै बन्द हुने
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असार १६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ मा लगानीकर्ताको आकर्षण उच्च देखिएपछि निर्धारित समयअगावै आवेदन बन्द गर्न लागिएको हो।

सुरुमा असार ३० गतेसम्म आवेदन खुला रहने व्यवस्था गरिएको भए पनि मागभन्दा बढी आवेदन परेपछि छिट्टै निष्कासन बन्द गरिने तयारी गरिएको बैंकले जनाएको छ।

उक्त ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल ३० लाख कित्ता निष्कासन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको भागमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर तोकिएको छ। इच्छुक लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। बैंकले यसअघि नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?