National life

नेपाल राष्ट्र बैंकले ल्यायो १ वर्षे ऋणपत्र, आजै बोलकबोल

यो ऋणपत्रको परिपक्वता अवधि एक वर्ष रहनेछ र साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
1.2kShares
नेपाल राष्ट्र बैंकले ल्यायो १ वर्षे ऋणपत्र, आजै बोलकबोल
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नामक साधन अनलाइन बोलकबोलमार्फत जारी गर्न लागेको हो।

यो ऋणपत्रको परिपक्वता अवधि एक वर्ष रहनेछ र साँवा भुक्तानी २०८४ असार १६ गते हुनेछ। ब्याज भने अर्धवार्षिक रूपमा वितरण गरिने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। सहभागी संस्थाहरूले ब्याजदर उल्लेख गरी बोलकबोल गर्नुपर्नेछ, र आवश्यक परे बहुब्याजदरमा समेत आवेदन दिन सकिनेछ।

ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ। आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुने तय गरिएको छ।

बोलकबोलबाट प्राप्त प्रस्तावहरूलाई सानोदेखि ठूलो ब्याजदरको आधारमा क्रमबद्ध गरी आवश्यक रकमसम्म छनोट गरिनेछ। त्यसपछि तय भएको एकल ब्याजदरका आधारमा सो दर वा सोभन्दा कम प्रस्ताव गर्ने संस्थाहरूलाई ऋणपत्र बिक्री गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?