National life

बोलकबोलमार्फत ६ अर्ब विकास ऋणपत्र जारी गर्दै सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1.2kShares
बोलकबोलमार्फत ६ अर्ब विकास ऋणपत्र जारी गर्दै सरकार
ncell

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पाँच वर्षे अवधिको विकास ऋणपत्र जारी गरेर उक्त रकम संकलन गर्न लागिएको हो।

कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ नाम दिइएको उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रणालीमार्फत जारी गरिनेछ। यसको बोलकबोल २६ फागुनमा हुने तय गरिएको छ भने निष्कासन २७ फागुनमा गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

कार्यालयका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। बोलवालाहरूले प्रस्ताव गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ। यस क्रममा निर्धारण हुने एकल ब्याजदर र त्यसभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सबै बोलवालालाई सोही दरमा ऋणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसैगरी, जारी गरिने ऋणपत्रलाई धितो राखेर कर्जा लिन र दिन पनि सकिनेछ। सरकारले बजेट व्यवस्थापन तथा विकास निर्माणका लागि आवश्यक स्रोत जुटाउन समय–समयमा यस्ता आन्तरिक ऋण उपकरण प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?