काठमाडौँ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले यस अवधिमा ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशतले बढी हो ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ मात्रै थियो।
बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ छ भने बैंकको सीडी रेसियो ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो ।
































