काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकमा स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम सीईओका रुपमा कार्यरत थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।
त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।




































