National life

फरवार्ड माइक्रोफाइनान्सको तेस्रो त्रैमाससम्म ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ वैशाख २०८१, शुक्रबार
470Shares
फरवार्ड माइक्रोफाइनान्सको तेस्रो त्रैमाससम्म ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी
ncell

काठमाडौँ । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १६७ दशमलव १६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा चार करोड ३६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी गत आवमा कम्पनीको कुल सञ्चालन आम्दानी ९८ करोड सात लाख रुपैयाँबाट ४ दशमलव ०५ प्रतिशतले बढेर एक अर्ब दुई करोड चार लाख रुपैयाँ पुगेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ८७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

जुन गत आवको तुलनामा ६ दशमलव १६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ८२ करोड ७२ लाख रुपैयाँ रहेको थियो । चालु आवमा कम्पनीको खुद फि तथा कमिसन आम्दानी १४ करोड १५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २० दशमलव ९६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ४९ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

गत आवको समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा छ करोड २७ लाख रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा १८० दशमलव ०३ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा ५ दशमलव ८८ प्रतिशतबाट बढेर ८ दशमलव २६ प्रतिशत पुगेको छ ।

कम्पनीको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाख रुपैयाँबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी नौ रुपैयाँ २१ पैसाले बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ भने तरलता अनुपात चार दशमलव ८८ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९७३ रुपैयाँ ६१ पैसा रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?