काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘चेम्बर एक्स्पो २०२४’ संचालन हुने भएको छ । फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने एक्पो राजधानीस्थित भृकुटीमण्डपमा संचालन हुनेछ।
स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको बताउँदै एक्स्पोले कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका समाग्रीहरु प्रदर्शन गर्ने आयोजकले जनाएका छन् ।
विगतका वर्षमा जस्तै प्रदर्शनीमा घर जग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन तथा विद्युतीय उपकरणहरुको प्रदर्शनी गरिने छ ।



































