National life
cg eloctronics

बजेट कार्यान्वयन कुनै शंका छैन,लक्ष्य हासिल गर्ने गरी कार्यसम्पादन गर्छौ 'अर्थमन्त्री पौडेल'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ जेठ २०८२, शुक्रबार
1.2kShares
बजेट कार्यान्वयन कुनै शंका छैन,लक्ष्य हासिल गर्ने गरी कार्यसम्पादन गर्छौ 'अर्थमन्त्री पौडेल'
ncell

काठमाडौँ । बजेट सार्वजनिक पश्चात् पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन्।

बिहीबार सार्वजनिक भएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले अर्थ मन्त्रालयले कार्य योजनाको काम आजैबाट सुरु गर्ने धारणा राखेका छन् । आगामी आवमा पुँजीगत खर्च बढाइएको उनको भनाई छ ।

साथै, राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने सोही अनुसार कार्य सम्पादनलाई अगाडि बढाउने उनको दाबी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएको छ’, अर्थमन्त्री पौडेलले भने,  ‘विकास आयोजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएको छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिने छ।’ साथै ‘३ करोड तलका आयोजना ल्याइएको छैन’, उनले थपे, ‘आयोजना निर्माणका लागि खरिद प्रक्रियाको लागि साउन १ गते कुर्नु पर्दैन।’

पत्रकार सम्मेलन मार्फत पौडेलले निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याएको धारणा राखेका छन् । मन्त्री पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेका थिए।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?