National life

आईएमई लाइफको संस्थापक सेयर किन्ने अवसर, पहिलो प्राथमिकतामा विद्यमान सेयरधनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ घण्टा अगाडि|२३ असोज २०८३, शुक्रबार
510Shares
आईएमई लाइफको संस्थापक सेयर किन्ने अवसर, पहिलो प्राथमिकतामा विद्यमान सेयरधनी
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको हो।

कम्पनी सञ्चालक समितिको २५औँ बैठकको निर्णयअनुसार प्रचलित कानुनी व्यवस्थाबमोजिम सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बुझाउन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदनमा खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रतिकित्ता प्रस्तावित मूल्य खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?