काठमाडौं । आज (असार २६) अमेरिकी डलरको विनिमय दर थोरैले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीद दर ४ पैसाले घटेर १३६ रुपैयाँ ८२ पैसा पुगेको हो । डलरको बिक्री दर एकको १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ।
यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
१० जापानिज यनको खरीदमूल्य ९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३८ पैसा कायम भएको छ । एक कतारी रियालको खरीदमूल्य ३७ रुपैयाँ ५४ पैसा रहँदा बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा तोकिएको छ।
एक मलेसियन रिंगिटको खरीददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा छ भने १०० दक्षिण कोरियन वनको खरीददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा रहेको छ ।
एक कुवेती दिनारको खरीददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। एक बहरिनी दिनारको खरिद दर ३६२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४५ पैसा रहेको छ ।































